|

पर्वत : गण्डकी प्रदेशमा शुक्रबार थप ९८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यससँगै गण्डकीमा संक्रमितहरुको संख्या सात हजार १४५ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रम गण्डकी प्रदेशका प्रवक्ता डा. विनोद विन्दु शर्माले शुक्रवार बिहानै तीनवटा विज्ञप्ति जारी गरेर कोरोनाबाट जानकारी दिएका हुन्।

पहिलो विज्ञप्ति अनुसार तीन जिल्लाका सातजनामा संक्र्रमणको पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा कास्कीको पोखरा महानगरपालिका–१७ का एक, लमजुङको सुन्दरबजार नगरपालिकाका एक र तनहुँको ब्यास नगरपालिका–१ का एक, वडा नम्बर ४ का दुई र  वडा नम्बर ३ का दुई जनामा संक्रमणको पुष्टि भएको हो।

दोस्रो विज्ञप्तिमा लाइफ केयर डाईग्नोस्टिक प्रा.लि. पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा चार जिल्लाका ६५ जनामा संक्र्रमणको पुष्टि भएको छ। उनीहरू स्याङ्जाका तीन, तनहुँका तीन, पर्वतका एक जना रहेका छन्। यस्तै, कास्कीको पोखरा महानगरपालिका–९ का तीन,  वडा नम्बर ८ का तीन,  वडा नम्बर ३ का एक,  वडा नम्बर १६ का तीन,  वडा नम्बर २ का एक,  वडा नम्बर १७ का तीन,  वडा नम्बर ३ का एक,  वडा नम्बर ४ का पाँच,  वडा नम्बर ५ का एक, वडा नम्बर १२ का एक, वडा नम्बर २७ का एक,  वडा नम्बर १५ का चार,  वडा नम्बर ६ का एक,  वडा नम्बर ७ का चार,  वडा नम्बर १८ का एक,  वडा नम्बर २६ का एक,  वडा नम्बर १ का एक,  वडा नम्बर २५ का एक,  वडा नम्बर १८ का एक,  वडा नम्बर १० का एक र स्थानीय तह नखुलेका २० जना रहेका छन्।
  
यस्तै, तेस्रो विज्ञप्तिमा चितवन मेडिकल कलेज, चितवनमा गरिएको स्वाब परीक्षणमा चार जिल्लाका २६ जनामा संक्रमणको पुष्टि भएको छ। संक्रमितमध्ये नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–८ का तीन,  वडा नम्बर १७ का एक,  वडा नम्बर ३ का एक,  वडा नम्बर १४ का एक,  वडा नम्बर ११ का एक,  वडा नम्बर १ का एक,  वडा नम्बर १२ का एक र  वडा नम्बर ५ का एकजना रहेका छन्। 

गैँडाकोट नगरपालिका–२ का पाँच, वडा नम्बर ४ का एक, वडा नम्बर १७ का एक र  वडा नम्बर ८ का एकजनामा कोरोना पुष्टि भएको छ। यस्तै, मध्यविन्दु नगरपालिका–६ का दुई, वडा नम्बर ७ का एक र बिनयत्रिवेणी गाउँपालिका–४ का एकजनामा पनि संक्रमणको  पुष्टि भएको छ। 

लमजुङको राईनास गाउँपालिका–१ का एक, कास्कीको पोखरा महानगरपालिका–११ का एक र गोरखाको सिरानचोक गाउँपालिका–४ का एक तथा पालुङटार नगरपालिका–८ का एक जना रहेका छन्।

गण्डकीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पोजेटिभ रहेको अवस्थामा थप एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाग्लुङका गलकोट नगरपालिका–३ का ७२ वर्षीय पुरुष रहेका छन्। उनको बिहीबार साँझ ५ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको हो। ती पुरुषमा कोरोनासँगै निमोनिया र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ। योसँगै गण्डकीमा कोरोना पोजेटिभ रहेको अवस्थामा मृत्यु भएकाहरूको संख्या ७३ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.