|

काठमाडौं : आज कोजाग्रत पूर्णिमा। दशैँको समापन गर्ने दिन। यस वर्ष दशैँमा पहिलेको जस्तो रौनक भएन।

कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल बढ्न नसकेको हो।

राजधानीको ग्रामीण भेगमा गतवर्षको दशैँमा टोलैपिच्छेका चौतारी, चोक एवं सार्वजनिक स्थलमा लिङ्गे, जाँते र रोटे पिङ हालेर चचहुई गर्दै खेल्ने मानिसको भीड भेटिन्थ्यो। तर यस वर्ष भने पिङ त्यति धेरै भेटिएन। तर पनि फाट्टफुट्ट रुपमा उपत्यकामा लिङ्गे पिङ देख्न सकिन्थ्यो।

साना बच्चाका लागि केही घरको छतमा साना पिङ हालेर खेलाएका छन्। केहीले सार्वजनिक रुपमा पनि पिङ हालेका छन्।

फोटोमा हेर्नुहोस् लिङ्गे पिङ

a

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.