|

काठमाडौं : बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बोलाइएका ३४ खेलाडी मध्ये पाँच खेलाडीमा संक्रमण पुष्टि भएको छ।

मैत्रिपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघले प्रारम्भिक चरणका लागि बोलाएका पाँच खेलाडीमा कोरोना पुष्टि भएको एन्फाले जनाएको हो। तर खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन। 

प्रशिक्षणको पहिलो दिन चारजना खेलाडीमा कोरोना देखिएको थियो। फेरि शुक्रबार थप एक खेलाडीमा कोरोना पोजेटिभ देखिएको टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए। अहिले पाँचैजना आइसोलेसनमा रहेका छन्।

मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाई अभ्यास गराइरहेका छन्। गत चैतमा सरकारले लकडाउनको घोषणा गरेसँगै खेलकुद क्षेत्र ठप्प भएका थियो जसमा फुटबल पनि परेको थियो। 

दक्षिण एसियाली मुलुक बङ्गलादेशले दुई मैत्रीपूर्ण खेलका लागि नेपाललाई प्रस्ताव गरेपनि सरकारको अनुमती नपाएपछि एन्फाले कुनै निर्णय लिन सकेको थिएन। 

तर सरकारले दशैँलगत्तै प्रशिक्षणको अनुमती दिएसँगै एन्फाले बिहीबारबाट प्रशिक्षण आरम्भ गरेको हो। खेल कार्तिक २८ र मंसिर २ गतेका लागि तय भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.