|
फाइल फोटो

काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार देशभर ३ सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र ७१ जना भेन्टिलेटरमा छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १९१ जना आइसियु र ५५ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४० जना आइसियु र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३४ जना आइसियु र ८ जना भेन्टिलेटरमा र प्रदेश २ मा १३ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेका मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदूरपश्चिममा ३ आइसियुमा, गण्डकी प्रदेशमा १५ आइसियु र ३ जना भेन्टिलेटरमा र कर्णालीमा ४ जना आइसियु उपचाररत छन्। हालसम्म ५८ जनाले ज्यान गुमाएको ललितपुरमा जम्मा संक्रमित ८ हजार ५९९ जना छन् ।

हाल देशभर  कोरोना भाइरसका ३८ हजार ३ सय ५७ जना सक्रिय संक्रमितको संख्या छ । उनीहरु विभिन्न अस्पतालको आइसोलेसन र केही होम आइसोलेसनमा रहेका बताइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा २ हजार ६ सय ६६ जना छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.