|

काठमाडाैं : 'युनिभर्स बोस' को उपाधि पाएका वेस्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलले टी ट्वान्टी क्रिकेटमा एक हजार छक्का हान्ने एक मात्र खेलाडी बनेका छन्।  

जारी आइपिएलको ५० औं खेलमा राजस्थान रोयल्सविरुद्ध किंग्स इलेभन पन्जाबका गेलले ८ छक्का प्रहार गरेका छन्। उनले ६३ बल खेल्दै ८ चाैकाको मद्दतमा ९९ रन बनाएका छन्।   

२०–२० क्रिकेटमा १ हजार छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका उनले ४ सय ९ खेलबाट यो दुर्लभ कीर्तिमान बनाएका हुन्। ४१ वर्षीय गेलले सन २००६ मा न्युजिल्यान्डविरुद्ध टी–ट्वान्टीमा डेब्यु गरेका थिए। 

जारी आइपिएलमा खराब प्रदर्शनमा रहेको पन्जाब गेलको आगमनसँगै फर्ममा छ। पछिल्ला लगातार पाँच खेलमा जित निकालेको पन्जाबको यी सबै खेलमा गेल सहभागी हुँदै आएका छन्।

रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्धको ३१ औं खेलमा गेलले उत्कृष्ट अर्धशतकीय पारी खेल्दै ५३ रन बनाएका थिए। त्यस क्रममा पनि उनले पाँच छक्का बनाएका थिए। त्यस्तै मुम्बईविरुद्ध २, दिल्लीविरुद्ध २, हैदरावादविरुद्ध १ र कोलकताविरुद्ध त २९ बलमा ५१ रन बनाएका उनले पाँच वटा त छक्का मात्र हिर्काएका थिए। 

यसैगरी टी–२० मा दोस्रो सबैभन्दा बढी छक्का पिट्नेको सूचीको दोस्रो स्थानमा मुम्बईका काइरन पोलार्ड छन्। पोलार्डले ६ सय ९० छक्का प्रहार गरेका छन्।  यसैगरी टी–२० खेलमा एक हजार चौका प्रहार गर्नेमा समेत गेल एक्ला खेलाडी हुन्।

चौकाको रेकर्डमा दोस्रोमा डेभिड वार्नर (९४५) र तेस्रोमा ब्रेन्डन म्याककुलम (९२४) छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.