दमक (झापा) : कोरोना भाइरस संक्रमणबाट दमक नगरपालिकामा १५ जनाको मृत्यु भइसकेको छ।
पछिल्लो पटक शुक्रबार एकजना पुरुषको मृत्यु भएसँगै मृतक संख्या १५ पुगेको हो। दमक–४ घर भएका पुरुषको स्थानीय दाहाल प्रतिष्ठानको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको थियो। चार दिनअघि संक्रमण देखिएपछि नगरपालिकाले तयार गरेका आइसोलेसनमा बसेका उनी मिर्गौलाका बिरामी समेत रहेका नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए।
दमकमा हालसम्म ४०९ जनामा संक्रमण देखिएकामध्ये आधाभन्दा बढी उपचारपछि संक्रमणमुक्त भएको भट्टराईले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।