|

टर्कीमा ७ म्याग्निच्युडको भूकम्प जाँदा प्रमुख मध्येको शहर इजमीरमा व्यापक क्षति पुगेको छ। इजमीर टर्कीको तेस्रो ठूलो शहर हो। 

यूएस जियोलोजिकल सर्भेले भूकम्पको तीव्रता ७ म्याग्निच्युड मापन गरेको छ। यो भूकम्पबाट टर्कीसँगै एथेन्स र ग्रीससमेत प्रभावित भएको छ।

अहिलेसम्म प्राप्त विवरणअनुसार भग्नावशेषबाट २० जना टर्कीस नागरिकको शव निकालिएको छ भने ७७६ जना घाइते अवस्थामा भटिएका छन्‌। मानवीय हताहतिको पूर्ण विवरण आइनसकेको बीबीसीमा उल्लेख छ। 

सन् १९९९ को अगष्ट महिनामा राजधानी इस्तानबुलबाट दक्षिणपूर्वमा पर्ने इजमीतमा ७ दशमलव ६ म्याग्निच्युटको भूकम्प जाँदा १७ हजारभन्दा धेरैको ज्यान गएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.