|

काभ्रे : जिल्लाको विकट क्षेत्र अर्थात् काभ्रेको कर्णाली उपनामले समेत चिनिने डाँडापारि क्षेत्रमा खानीखोला र महाभारत गरी दुई गाउँपालिका रहेका छन्। तीनै दुई गाउँपालिकाकामध्ये खानीखोला गाउँपालिकाको वडा नम्बर ४ स्थित फूलडाँडा, जगथली, बाँसघारी र त्यसको आसपासको क्षेत्रमा चिटिक्क परेकी अप्सराझैँ देखिएका र फूलिरहेका विभिन्न प्रजातिका फूलहरुसँग नलठ्ठिने सायदै कोही भेटिएलान् ।

वर्षा ऋतु समाप्त भई शरद ऋतु शुरु भएसँगै जिल्लाको विकट क्षेत्रमा पर्ने खानीखोलाका ग्रामीण भेगका लेक तथा बेसीहरूमा फूलेका विभिन्न प्रजातिका वनफूल र बारीमा फूलिरहेको नगदेबालीको मनमोहक दृश्यले मुसुक्क मुस्कुराएर स्वागत गरिरहे झैँ लाग्ने प्राकृतिक सौन्दर्यको वर्णन गरेर कहिल्यै थाकिँदैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.