|
फाइल तस्बिर

काठमाडौं : ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–५ स्थित श्री भगवती माध्यमिक विद्यालयले लकडाउनका कारण रोकिएको कक्षा–११ को परीक्षा मंसिर ४ देखि सञ्चालन गर्ने भएको छ।

विद्यालयले सोमबार एक सूचना जारी गर्दे स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने जानकारी दिएको हो। सूचनाम उल्लेख छ, ‘सरकारले जारी गरेको कार्यविधिले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड र भौतिक तथा सामाजिक दूरीको पालना गरी यस विद्यालयमा अध्यनरत विद्यार्थीको परीक्षा सञ्चालनका लागि सबैमा जानकारी गराइन्छ।’ 

विद्यालयले परीक्षा तालिका पनि सार्वजनिक गरेको छ। तालिका अनुसार मंसिर ४ मा नेपाली, ५ मा अग्रेजी, ६ मा जनसंख्या अध्ययन र क्रमशः अन्य विषयको परीक्षा सञ्चालन हुने छ। परीक्षा बिहान ८ बजेदेखि विहान ११ बजेसम्म सञ्चालन हुने जनाइएको छ। कक्षा ११ को परीक्षा गत वैशाख महिनामै सञ्चालन हुने कार्यतालिका थियो। तर, अहिलेसम्म कोरोना भाइरसका कारण स्थागित परीक्षा सञ्चालन हुन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.