|

बारा : दुई दशकदेखि फोटो स्टुडियोमा मानिसहरूको फोटो खिच्दै आएकी बाराको सिमराकी व्यवसायी रञ्जना तिवारी अहिले घरको छतमा फक्रिरहेका फूलको फोटो खिच्दै कोरोना महामारीसँग जुधिरहेकी छिन्‌।

उनी '​फूलमा जस्तो सुन्दरता अरु के मा होला ?' भन्दै फूलका तस्वीर सामाजिक सञ्जालमा पोट्याउँछिन्‌। नेपाल टेलिभिजनका पत्रकार रेशम तिवारी (पति) सहित कोरोना संक्रमित भएकी रञ्जनाले ग्राहकको तस्वीर कैद गर्न नपाएपछि रङ्गीचङ्गी फूलको तस्वीर खिचेर मन भुलाइरहेकी हुन्। 

त्यसैगरी, बारामा रातोघर अनलाइन सञ्चालन गर्दै आएका कृष्ण सिग्देल पनि अचेल फूलको संगतमा छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'अचेल घरका फूलहरुको संगतमा छु, किनकी मेरो निकटतासँग डर नमान्ने अहिले यिनीहरूमात्रै छन्।'

रेशम–रञ्जनासँगै कृष्णले पनि परीक्षणका लागि स्वाब दिएका थिए। उनीसँगै पत्नी सृजना थपलिया पनि कोरोना संक्रमित भएपछि घरमै आइसोलेशनमा छन्।

हामी पनि हेरौं सौन्दर्यचेत भएका यी हिम्मतिला संक्रमितले खिचेका फूलका तस्वीरहरू :


फूलको तस्वीर खिच्दै गरेका पत्रकार कृष्ण सिग्देल ।


कोरोना संक्रमित तिवारी दम्पति ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.