|

पर्सा : सीमा सुरक्षाका लागि पर्सामा एकै दिन सशस्त्र प्रहरीको तीनवटा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ। 

सशस्त्र प्रहरीका पोष्टहरु विस्तार गर्ने सरकारको नीति लिए अनुसार पर्सामा आइतबार तीनवटा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल गण नम्बर १३ का प्रहरी उपरिक्षक राजेन्द्र खड्काले बताए। यससहित पर्सामा अहिलेसम्म १३ वटा बिओपी स्थापना भइसकेका छन्।

आइतबार ठोरी गाउँपालिकाको ब्रह्मनगर, जिराभवानी गाउँपालिकाको महादेवपट्टी र छिपहरमाई गाउँपालिकामा बिओपी स्थापना भएको सशस्त्र प्रहरी बल गण नम्बर १३ ले जनाएको छ। पर्सामा १५ वटा स्थापना गर्ने योजना भए पनि अझै दुईवटा बिओपी स्थापना गर्न बाँकी रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.