|

 बैतडी :  दशरथचन्द राजमार्ग अन्तरगत  बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर दुर्घटनामा परेको हो।

 मृतकहरुको सनाखत हुन बाँकी रहेको छ । मृतक मध्ये ७ जना पुरुष र २ जना महिला रहेका छन् । दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए। 'मृतक मध्ये ८ जनाको शव घटनास्थलबाट निकालिसकिएको छ भने एकजनाको बससँगै अड्किएकाले शुक्रबार दिउँसो निकाल्छौ, बस भीरमा अड्किएकोले राती निकाल्न सकिएन।' उनले भने

अन्य ८ मृतकको शव र घाइतेहरुको प्रहरी र स्थानीय मिलेर राती नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरेका थिए।  मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइदैछ।   सानो घुम्तीबाट बस ६ सयमिटर जति तल खसको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।   दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै एकीन भईनसकेको प्रहरीले जनाएको छ । बस बैतडीको दोगडाकेदार ७  खोचलेकका विरेन्द्र कार्कीको रहेको बताईएको छ।  साहुु आफै चालक रहेका र उनी समेत घाइते रहेका छन्।  
तिहारको समयमा ठूलो दुर्घटना भएपछि बैतडीबासी शोकमग्न भएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.