|

काठमाडौं : कोरोना महामारी भए पनि सामाजिक दूरी कायम गरी मास्क लगाएर रानीपोखरीमा बिहानैदेखि भाइटीका लगाउन सुरु भएको छ। दिदीबहिनी नहुने दाजुभाइहरूले मन्दिरमा पूजाआजा गर्ने र टीका लगाउने चलन छ। बाल गोपालेश्वर मन्दिर वर्षमा १ दिन भाइटीकाको मात्र खुल्ने गरेको छ। यस वर्ष भने आज र भोलि खुला गरिनेछ। 

असनकी सहारा बुढाथोकी बिहानै रानीपोखरी मन्दिरको प्राङ्गणमा बसेकी छिन्। एक-एक वर्ष बिराएर रानीपोखरीमा टीका लगाउने आउने गर्छिन्। उनीहरु दुई दिदीबहिनीसहित टीका लगाइदिन आएकी छिन्। सहारा र राइना मन्दिर अगाडि बसेर टीका लगाउन आउनेलाई टीका लगाइरहेकी छिन्।

विगत १५ वर्षदेखि बाल गोपालेश्वरमा टिका थाप्दै आएका कपनका लोकमान श्रेष्ठले यसवर्ष कोरोनाले गर्दा पहिलेको जस्तो तिहारको रौनक नभएको बताए। 'कोरोनाले गर्दा तिहारको रौनकता केही कम भएपनि वर्षौंदेखि रानीपोखरीमा टिका थाप्दै आएकोले यस वर्षपनि टिका लगाउन आइपुगेको हुँ', उनले भने। रानी पोखरी टिका लगाउनेको भिड यस वर्ष केहि कम  भएको श्रेष्ठले बताए।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.