|

संखुवासभा : सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ मा एम्बुलेन्स तोडफोड भएको छ।

अज्ञात समूहले गएराति अन्दाजी साढे ९ बजे वाना प्राथमिक स्वास्थ्य चौकीको को१झ ६४३ नम्बरको एम्बुलेन्स तोडफोड भएको स्वास्थ्य चौकीका निमित्त प्रमुख अहेब सुन्दर श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार तोडफोडबाट एम्बुलेन्सको अगाडि भागको सिसा फुट्नुका साथै विभिन्न भागमा क्षति पुगेको बताए। अज्ञात समूहले वाना स्वास्थ्य चौकीको मुलगेट समेत तोडफोड गरेको निमित्त प्रमुख श्रेष्ठले बताए। एम्बुलेन्स तोडफोड भएपछि चल्न नसक्ने अवस्थमा पुगेको छ। 

उक्त एम्बुलेन्स वाना स्वास्थ्य चौकीले दुई वर्षअघि संघीय सांसद राजेन्द्र गौतमको सांसद विकास कोषको रकमबाट खरिद गरेको थियो। एम्बुलेन्स तोडफोड भएपछि बिरामी ओसारपसार समस्या भएको स्थानीयले बताए।

पाँचखपन नगरपालिकामा एक मात्रै एम्बुलेन्स थियो। एम्बुलेन्स तोडफोडमा संम्लग्नको खोजी कार्यका लागि प्रहरी परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.