|

संखुवासभा : पाँचखपन नगरपालिका-४ फापुङमा अज्ञात समूहले राखेको बम डिस्पोज गरिएको छ। पाँचखपनको वाना–खाँदबारी सडक खण्डमा राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष बुढाथोकीले जानकारी दिए।

बुधबार साझ अज्ञात समुहले खाँदबारी-वाना सडक खण्डमा बेवारिस बम राखेको थियो। उक्त बेवारिस बम बिहिबार विहान ८ बजे सदरमुकाम खाँदबारीबाट गएको बराह दल गुल्मको टोलीले बम निष्क्रिय पारेको प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुढाथोकीले बताए।

बम कसले र कुन उद्देश्यले राखिएको हो भन्ने खुल्न नसकेपनि पछिल्लो गतिविधिका आधारमा विप्लव कार्यकर्ताले राखेको हुनसक्ने बुढाथोकीले बताए। बम राख्ने समूहको खोजी कार्य तीव्र पारिएको प्रहरी उनले बताए।

खाँदबारी-वाना सडक खण्डमा शंकास्पद वस्तु देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय वानामा खबर गरेका थिए। संखुवासभामा गत मंसिर १ गते चैनपुर नगरपालिका-४ मैदानेमा विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको थियो।

उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरी दुई जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विप्लव कार्यकर्ताले पछिल्लो समय गतिविधि बढाएपछि प्रहरीले पनि सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.