|

उदयपुर : दक्ष जनशक्ति नहुदाँ उदयपुर अस्पतालमा रहेका उपकरणहरु प्रयोगविहीन हुन थालेका छन्। 

अस्पतालमा दुई भेन्टिलेटरसहित ५ शैयाको आइसियु कक्ष निर्माण गरेको महिनौ बितिसक्दा समेत उपकरणहरु संचालन गर्ने दक्ष जनशक्ति नहुँदा ती उपकरण प्रयोगविहीन बन्दैछन्।

उदयपुर खोटाङलगायत जिल्लाका सर्वसाधारणलाई सहज रुपमा सेवा दिने उद्देश्यले ५० शैयामा लगिएको अस्पतालमा सुविधासम्पन्न भवन, अस्पतालका लागि आवश्यक उपकरण हुँदासमेत दक्ष जनशक्ति नुहँदा जडान गरिएका उपकरण थन्किएर बसेका छन्।

अस्पतालमा रहेका उपकरण प्रयोगविहीन भएपछि भेन्टिलेट र आईसीयुमा राखेर उपचार गराउन पर्ने बिरामी उपचारका लागि धरान, विराटनगर, काठमाडाैंलगायत ठूला अस्पतालमा जान बाध्य छन। आइसियु र भेन्टिलेटरको अभावमा कतिपयको ज्यानसमेत गएको छ। 

अस्पालमा विषेशज्ञ चिकित्सक, एमडी ऐनेसथेसिया, स्टाफ नर्सलगायत जनशक्ति प्रदेश सरकारले हालसम्म नपठाएकाले संचालनमा नआएका उदयपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा जीवनारायण मण्डलले जानकारी दिए।

कोभिडका गम्भीर प्रकृतिका संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको र पछिल्लो समय भेन्टिलेटर र आइसियुको माग पनि बढी रहेको समयमा जिल्ला अस्पतालमा जडान गरिएका उपकरण भने प्रयोगमा नआउनु दुखपूर्ण अवस्था भएको अस्पताल संचालक समितिका सदस्य महेश रोक्काले बताए। जडान गरिएका उपकरण सञ्चालनमा समिति र जनप्रतिनिधिले चासो नदेखाएपछि अवस्था यस्तो भएको हो। 

आफूहरुको पहलमा प्रदेश सरकारले १ करोड रुपैयाँ विनियोजन गरी पठाइदिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष खड्ग परियारले जानकारी दिए। उनका अनुसार उपकरण चलाउन चाहिने जनशक्तिका लागि प्रदेश सरकारसँग माग गरिरहेको र यही महिनाभित्र प्रदेशले पठाउने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.