|

भुटानले आफ्नो भूमि चीनले अतिक्रमण नगरेको र कुनै गाउँ नबसाएको जनाएको छ। 

भारतीय मिडियाको एउटा तप्काबाट चीनले सीमा नाघेर दुई किलोमिटर भित्र पसेर भुटानी भूमिमा बस्ती बसाएको हल्ला फैलाइएको थियो।

रतले राज्य प्रायोजित विभिन्न मिडियामार्फत चीनले भुटानको भूमि अतिक्रमण गरी बस्ती बसाएको हल्ला मच्चाएपछि सो आरोपलाई भुटानले नै खारेज गरेको हो।

भारतीय पत्रिका हिन्दुसँग कुरा गर्दै भारतका लागि भुटानी राजदूत वेतसोप नामग्यालले यस्ता मिडिया रिपोर्ट झुठो रहेको बताएका हुन्। नामग्यालले भनेका छन्, 'भुटानभित्र चीनको कुनै गाउँ छैन, स्याटेलाइट तस्वीरमा आएको प्राविधिक त्रुटिका कारण डोकलमको केही स्थानमा गाउँ देखिएको हो, तर यो गाउँ भुटानतर्फको होइन।' 

नामग्यालले यो बस्ती सन् २०१७ मा भारत र चीनका विवद विवादको केन्द्र रहेको दोकलाममा भएको पनि बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.