|

काठमाडौं : उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै चारदिने छठपर्व सम्पन्न भएको छ। हिजो साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन्।

यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने चाड छठपर्व सम्पन्न भएको छ। कोरोना महामारीका कारण यो वर्ष छठघाटहरुमा मान्छेको भिडभाड देखिएन।

स्थानीय प्रशासनले भीडभाड नगर्न आग्रह गरेपछि धेरैले आफ्नै घरको छत र आगनमा कृत्रिम पोखरी बनाएर पूजा गरेका छन्। कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ दिएर छठ पर्व मनाइन्छ। ‘सँझिया घाटे’ भनिने षष्ठीको दिनलाई छठको मुख्य दिन मानिन्छ।

छठपूजामा सूर्य भगवान् र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ। छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास रहेको छ। साथै सन्तान सुख प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास पनि छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.