|

काठमाडौं : काठमाडौँ महानगरपालिकाले भोली (आइतबार) देखि निःशुल्क पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य शुरु गर्ने भएको छ।
नेपाल सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरुको निःशुल्क पिसिआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्यलाई फेरि सुचारु गर्न लागिएको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन्।

शनिबार राष्ट्रिय विभूति शङ्खधर साख्वाः र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको सालिक अनावरण कार्यक्रममा उपस्थित हुनुभएका मेयर शाक्यले पत्रकारहरुसँग कुरा गर्दै भोली देखि पुनः स्वाब संकलनको कार्य सूचारु गर्न लागिएको बताएका हुन्।

स्वाब संकलनका लागि मोबाइल भ्यान संचालनमा ल्याउने तयारी गरेको छ। ‘अशक्त, अपाङ्गता भएका, ज्येष्ठ नागरिकलाई सहज स्वास्थ्यको पहुँच पुर्याउने हेतुले काठमाडौँ महानगरपालिकाले उहाँहरु बसोबास गरेकै ठाउँमा अर्थात घर–दैलोमै पुगेर स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालनको तयारी गरेको छ,’ शाक्यले भने,' ‘अशक्त, अपाङ्गता भएका, ज्येष्ठ नागरिकलाई धेरै सहज हुने हामीले अपेक्षा छ । पहिलो चरणमा एउटा भ्यान सञ्चालनमा ल्याउन लागेको हो। आवश्यक पर्यो भने थप भ्यान पनि सञ्चालनमा ल्याउने तयारी भएको छ।’

यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र ज्येष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको पनि उनले बताए। 

'परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पिसिआर टेष्ट गर्न शाक्यले आग्रह गरे।

यस्तै उपत्यकामा पछिल्लो समय बढिरहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्ने अवस्था आएको उनको भनाइ छ। अहिले बजारमा देखिएको भिडभाड नियन्त्रण गर्न उपत्यका नगरपालिका फोरमले कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई सुझाव दिइसकेको र सरकारको निर्णय अनुसार हुने पनि शाक्यले प्रस्ट पारेका। 

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) प्राविधिक सहयोगमा महानगरपालिकाले यस्तो भ्यान सञ्चालनमा ल्याउन लागेको हो। ‘अहिले कोरोनाको लक्षण देखिएका, स्वाब दिएका र संक्रमण भएकाहरू पनि समुदायमा खुल्लम खुल्ला हिँडिरहेका छन्,’ उनले भने,' कतिपय मानिसहरु केही नभए जसरी हिँडिरहेका छन्। यसले समस्या झन भयावह हुने खतरा बढी हुन्छ।

पटक–पटक शंका लाग्यो फेरि एक चोटी गरौँ न त भन्ने हो भने त्यसले पनि राज्यलाई व्ययभार बढाउने मात्रै होइन लक्षित वर्ग परिक्षणको दायरा भन्दा बाहिर रहने सम्भावना हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.