|

लागुऔषधको मुद्दामा बलिउड कलाकारमाथि भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) आक्रामक रूपमा प्रस्तुत भएको छ।

कलाकार अर्जुन रामपाल र फिल्म निर्माता फिरोज नाडियावालको घरमा पनि छापा मारेको ब्युरोले हास्य कलाकार भारती सिंहको घरमा पनि छापा मारेको छ।

शनिबार बिहान उनको मुम्बईस्थित घरमा छापा मारेको भारतिय संचार संस्था दैनिक भाष्करले जनाएको छ।

भारतिका श्रीमान  हर्ष लिंबचियालाई ड्रग्स लिएको आरोप लागेको छ।  ब्यूरोले दुवै जनालाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको छ।

ब्यूरोले अन्धेरी, लोखण्डवाला र वर्सोवामा रहेको घरमा छापा मारेको छ। ब्यूरोले त्यहाँबाट केही नशालु पदार्थ बरामद गरेको बताएको छ। बलिउडका अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि फिल्मी क्षेत्रमा लागुऔषध प्रयोग हुने गरेको कुरा बाहिर आइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.