सिन्धुली : सिन्धुलीको दुधौली नगरपालिकामा शनिबार बिहान ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको ज्यान गएको छ।
दुर्घटनामा परी गम्भीर घाईते भएका सिन्धुलीको दुधौली नगरपालिका–५ छपाहाका ट्याक्टर चालक २१ वर्षीय बियसकुमार दनुवारको ज्यान गएको हो।
दुधौली नगरपालिका –५ सिर्थौली नयाँ टोलबाट छपाहातर्फ जाँदै गरेको ना५त १९५१ नम्बरको मल लिन जाँदै गरेको खाली ट्याक्टर आफैँ अनियन्त्रित भई सडकमा पल्टँदा दनुवारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। टाउको, छातीमा भित्री चोट र दुवै कानबाट रगत बगी गम्भीर घाइते भएका दनुवारलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा उपचारका लागि लगिएको थियो।
प्राथमिक स्वास्थ केन्द्रमा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि सिन्धुली अस्पताल सिन्धुलीमाढी ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।