|

बैतडी : बैतडीको पुर्चौंडी नगरपालिका-६ मुडेलीनजिक मरेको अवस्थामा फेला पारेका १४ गाईको व्यवस्थापन गरिएको छ।  पुर्चौडी नगरपालिकाका प्रतिनिधि, पाटन नगरपालिकाका प्रतिनिधि, प्रहरी र स्थानीय बासिन्दाले मरेका १४ गाईलाई व्यवस्थापन गरेको हो।

मरेका गाईलाई खाल्डोमा गाडेर व्यवस्थापन गरेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।  पाटन नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापनका लागि प्रतिगाई २ हजार ५ सयका दरले रकम तिरेर २९ छाडा गाईलाई ठेकेदारको  जिम्मा लगाएका थिए। तर जिम्मा लगाईएका भनिएका पुर्चौंडी नगरपालिका ५ का लक्ष्मण पार्की र  सुरेश पार्कीले भीरबाट खसालेर गाई मारेको आशंका गरिएको छ।

आशंका गरिएकामध्ये  लक्ष्मण पार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ।

यस्तै, सोही कार्यमा सलंग्न रहेको आशंका गरिएको सुरेश पार्की भनेर फरार रहेका छन्। पक्राउ परेका पार्कीमाथि गौहत्या अभियोगमा मुद्दा दायर गरेर अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

पाटन नगरपालिकाबाट प्रतिगाई २ हजार ५ सयका दरले ताक्लाकोट लैजान्छु भनेर गाई लिएका दुवै जनाले भीरबाट खसालेको हुनसक्ने जनाईएको छ।

नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापनका लागि दुवै जनालाई केहीदिनअघि प्रतिगाई २ हजार ५ सयका दरले रकम तिरेर २९ छाडा गाई जिम्मा लगाएका थिए। तर बिहीबार १४ गाई मरेको अवस्थामा फेला परेका थिए।

गौहत्या गरे यस्तो छ कान

मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २७ को पशुपक्षीसम्बन्धी कसुरमा गाई, गोरु मार्न वा कुट्न नहुने उल्लेख छ।

परिच्छेद २७ को दफा २८९ को उपदफा १ मा भनिएको छ, ‘कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्‍याउने नियतले कुनै काम गर्नु वा गराउनु हुँदैन।’

सोही दफाको उपदफा (२) मा उपदफा (१) बमोजिमको कामबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुने उल्लेख छ।

उपदफा (३) मा कसैले गाई वा गोरुलाई कुटी अङ्गभङ्ग पारेमा निजलाई छ महिनासम्म कैद र अन्य चोट पुर्‍याएमा पचास हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ।

तर गाई वा गोरुले जिउ ज्यानमा क्षति पुगाउन लागेका बेला मर्न गएकामा कसुर गरेको नमानिने व्यवस्था समेत गरिएको छ।

उपदफा ४ मा भनिएको छ,  उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कुनै गाई वा गोरुले आफ्नो वा अरुको जिउ वा ज्यानमा पुर्‍याउन लागेको क्षति बचाउन आवश्यक परेको कुनै काम गर्दा त्यस्तो गाई वा गोरु मर्न गएमा वा त्यस्तो गाई वा गोरुलाई कुनै चोट पुग्न गएको रहेछ भने यस दफाबमोजिम कसुर गरेको मानिने छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.