|

काठमाडौं :  इङ्लिस प्रिमियर लिगमा टोटनह्याम शीर्ष स्थानमा उक्लिएको छ। उसले गएराति सम्पन्न खेलमा सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो।

टोटनह्यामको जितमा सन हेंग मिन र गिओभानी लो केल्सोले एक एक गोल गरेका थिए। सनले खेलको पाँचौ मिनेटमा नै पहिलो गोल गरेका थिए भने केल्सोले खेलको ६५औ मिनेटमा गोल गर्दै टोटनह्यामको अग्रता दोब्बर पारेका थिए।

योजितपछि टोटनह्याम प्रिमियर लिगमा शीर्ष स्थानमा उक्लिएको हो। टोटनह्यामको ९ खेलमा २० अंक रहेको छ। त्यस्तै म्यानचेस्टर सिटीको भने ८ खेलमा १२ अंक रहेको छ र लिगको ११औ स्थानमा झरेको छ।

गएराति नै भएका अन्य खेलमा चेल्सीले न्यू क्यासललाई दुई शून्यले हराउँदै दोस्रो स्थानमा पुगेको छ। उसको १८ अंक रहेको छ।  त्यस्तै अन्य खेलमा म्यानचेस्टर युनाईटेडले वेष्ट ब्रुमलाई एक शुन्यले हराउँदा ब्राइटनले एस्टन भिल्लालाई दुई एकले हरायो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.