|

विराटनगर : धरानास्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले  आजदेखि रूटिन ओ टि शल्यक्रिया सेवा सुचारु गर्ने भएको छ।

प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा प्रमोद बरालले सूचना जारी गर्दै ओटी युजर्स कमिटीले मंसिर ७ गतेदेखि रूटिन ओटी सुचारु गर्ने निर्णय गरेको जानकारी दिएका छन्। 

कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रतिष्ठानले विगत एक महिनादेखि इर्मजेन्सी र सेमी इर्मजेन्सी प्रकृतिका अप्रेसनहरु मात्र गरिरहेको थियो। अस्पतालका सहायक निर्देशक डाक्टर बरालका अनुसार स्टाफ नर्सहरुमा ठुलो संख्यामा कोरोना संक्रमण भएपछि जनशक्ति अभाव भएको थियो। जसले गर्दा एक महिनादेखि रूटिन ओटी सेवा बन्द थियो। 

पछिल्लो समय प्रतिष्ठानले ७५ जना नयाँ स्टाफ नर्सहरु नियुक्ती गरेकोले ओटी सेवा सुचारु गर्ने निर्णय भएको हो। प्रतिष्ठानमा इर्मजेन्सी र सेमी इर्मजेन्सी ओटीबाहेक ७ वटा रूटिन ओटी रहेको छ। एक महिनादेखि भने दुई वटा रूटिन ओटी मात्र सञ्चालनमा रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.