३७ सय ५५ होम आइसोलेसन र ९३ जना क्वारेन्टाइनमा

|

पर्वत : स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १० हजार नौ सय ३६ पुगेको छ।

निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माका अनुसार शनिबार साँझसम्मको अद्यावधिक विवरणअनुसार ११ जिल्ला रहेको प्रदेशमा कोरोना पोजेटिभ रहेको अवस्थामा एक सय ४१ जनाको मृत्यु भएको छ। यस्तै सङ्क्रमितमध्ये छ हजार दुई सय १३ जनाले कोरोनालाई जितेका छन्।

कुन जिल्लाको अवस्था कस्तो?

सङ्क्रमित र मृतकको सङ्ख्याका आधारमा प्रदेश राजधानीसमेत रहेको कास्की जिल्ला सबैभन्दा बढी प्रभावित रहेको पाइएको छ। चार हजार पाँच सय १८ जनामा सङ्क्रमणको पुष्टि भएको कास्कीमा ७१ जनाको कोरोना पोजेटिभ रहेको अवस्थामा मृत्यु भएको छ। निको भएकाहरूको सङ्ख्या एक हजार चार सय ५६ रहेको छ भने सक्रिय केसको सङ्ख्या दुई हजार नौ सय ९१ रहेको छ।

दोस्रो बढी प्रभावित जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) रहेको छ। त्यहाँ दुई हजार ९३ जनामा सङ्क्रमणको पुष्टि भएकोमा १९ जनाको मृत्यु भएको छ। एक हजार सात सय ४३ जनाले सङ्क्रमणलाई जितेका छन् भने सङ्क्रमणपछि आइसोलेसनमा बसिरहेकाहरूको सङ्ख्या तीन सय ३१ रहेको छ।

प्रदेशमा सबैभन्दा कम प्रभावित जिल्ला मनाङ रहेको छ। कुल नौ जनामा सङ्क्रमणको पुष्टि भएकोमा नौ जनाले नै सङ्क्रमणलाई जितेका छन्। सक्रिय केस र मृत्युको सङ्ख्या शून्य रहेको छ। यस्तै, मुस्ताङमा सक्रिय केसको सङ्ख्या २६ रहेको छ। त्यहाँ २७ जनामा सङ्क्रमणको पुष्टि भएकोमा एक जनाले मात्रै कोरोनालाई जितेका छन्।

कुल छ सय ३४ जनामा सङ्क्रमणको पुष्टि भएको लमजुङमा कोरोना पोजेटिभ रहेको अवस्थामा दुई जनाको मृत्यु भएको छ। निको भएकाहरूको सङ्ख्या पाँच सय २८ रहेको छ भने सक्रिय केसको सङ्ख्या एक सय चार रहेको छ। गोरखाका छ सय ७० जनामा सङ्क्रमणको पुष्टि भएको छ। तीमध्येका आठ जनाको मृत्यु भएको छ भने सक्रिय केसको सङ्ख्या चार सय तीन र निको भएकाहरूको सङ्ख्या दुई सय ५९ रहेको छ।

कुल एक सय ४० जनामा सङ्क्रमणको पुष्टि भएको म्याग्दीमा सङ्क्रमण रहेको अवस्थामा तीन जनाको मृत्यु भएको छ। कोरोनालाई जित्नेहरूको सङ्ख्या ९५ रहेको छ भने सङ्क्रमणपछि आइसोलेसनमा रहेकाहरूको सङ्ख्या ४२ रहेको छ। यस्तै पर्वतमा संक्रमितहरुको सङ्ख्या दुई सय ७९ रहेको छ। त्यहाँका एक सय ६२ जनाले सङ्क्रमणलाई जितेका छन् भने दुई जनाको मृत्यु भएको छ। सङ्क्रमणपछि आइसोलेसनमा बस्नेहरूको सङ्ख्या एक सय १५ रहेको छ।

कोरोना पोजेटिभ रहेको अवस्थामा आठ जनाको मृत्यु भएको बागलुङमा सक्रिय केसको सङ्ख्या एक सय छ रहेको छ। कुल सात सय ८१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएकोमा छ सय ६७ जनाले सङ्क्रमणलाई जितेका छन्। यसै गरी स्याङ्जामा छ सय ७० जनामा सङ्क्रमणको पुष्टि भएको छ। निको भएकाहरूको सङ्ख्या पाँच सय ७८ रहेको छ भने सक्रिय केसको सङ्ख्या ८१ रहेको छ। स्याङ्जामा हालसम्म ११ जनाको मृत्यु भएको छ।

तनहुँ जिल्लामा संक्रमितहरुको सङ्ख्या एक हजार एक सय १५ पुगेको छ। यी मध्येका १७ जनाको मृत्यु भएको छ भने सक्रिय केसको सङ्ख्या तीन सय ८२ रहेको छ। सङ्क्रमितमध्ये सात सय १६ जनाले सङ्क्रमणलाई जितेका छन्।

३७ सय ५५ होम आइसोलेसन र ९३ जना क्वारेन्टाइनमा

गण्डकीका विभिन्न जिल्लामा गरेर कुल तीन हजार सात सय ५५ जना होम आइसोलेसनमा रहेका छन्। उनीहरू पर्वतका ५४ जना, गोरखाका ९७ जना, तनहुँका दुई सय एक जना, कास्कीका तीन हजार १६ जना, बागलुङका १० जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का तीन सय ७७ जना रहेका छन्।

यस्तै क्वारेनटाइनमा बसिरहेकाहरूको सङ्ख्या ९३ रहेको छ। उनीहरू एक महिला र चार पुरुष गरी मुस्ताङका पाँच जना, तनहुँका छ जना पुरुष, पाँच महिला र १० पुरुष गरी कास्कीका १५ जना, बागलुङका दुई जना पुरुष, स्याङ्जाका दुई जना पुरुष र १६ महिला तथा ४० पुरुष गरी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का ५६ जना रहेका छन्।

प्रतिशतका आधारमा प्रदेशमा सङ्क्रमणको अवस्था हेर्ने हो भने सक्रिय केसको सङ्ख्या ४१.८९ प्रतिशत, निको भएकाहरूको सङ्ख्या ५६.८२ प्रतिशत र मृत्यु भएकाहरूको सङ्ख्या १.२९ प्रतिशत रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.