|

बलिउडमा आइटम गीतको चलन एकदम सामान्य भइसकेको छ। आइटम गीतको सुरुवात कहिले भयो भन्ने जब प्रश्न आउँछ तब हेलेनको नाम लिने गरिन्छ। उनी त्यस्ती अभिनेत्री हुन्  जसले नृत्यमार्फत दर्शकको मन जित्न सफल भइन्।

हेलेनले १९ वर्षको उमेरमा फिल्ममा ब्रेक पाएकी थिइन्। हावडा ब्रीज फिल्ममा काम गरेर उनले करिअरलाई दिशा दिन सफल भइन्। त्यो फिल्मको गीत, मेरो नाम चिन चिन चू, ले उनको खुबै तारिफ गरियो। त्यसपछि, उनको फिल्म दौरानमा तीव्र गतिमा अगाडि बढ्यो। सफलता मिल्दै गयो।  उनले  धेरै चर्चित गीतमा नृत्य गरिन्। 'पिया तू अब तो आजा हो' होस् या 'फिर मुंगड-मुंगडा' उनले उक्त गीतमा नृत्यद्वारा जादु देखाइन्।

आइटम गीतमा सफलता पाएकी हेलेन व्यक्तिगत जीवन सधैं उतारचढावमा बित्यो। हेलेनले जेष्ठ निर्देशक पी एन अरोरासँग विवाह गरिन्। तर १६ वर्षपछि उनले पतिलाई  छाडिन्।

पी एन छोड्दा हेलेनको जीवन परिवर्तन भयो। उनले आर्थिक संकट व्यहोरीन्। जब हेलेनले आत्महत्या गर्ने स्थितिमा पुगेकी थिइन् त्यसबेला उनको भेट सलीम खानसँग भयो। सन् १९६२मा फिल्म काबिल खानको समयमा हेलेन र अभिनेता तथा लेखक सलीम दुवैले एक अर्कालाई आपसमा नजिकिए। त्यस समयमा हेलेनले आफ्ना सबै समस्याहरू सलीम खानलाई बताएकी थिइन्। सलीम पनि हेलेनको हरेक समस्याबाट मुक्त गराउन चाहन्थे।

यो भेटबाट नै दुवैले एक अर्कालाई मन पराउन थाले। उनीहरूको घनिष्टता विवाह तगारो बन्यो। किनभने सलीमको पहिले नै विवाह भइसकेको थियो। तर सलीमले विचलित हेलेनलाई सहयोग गर्न उनको जीवनलाई अपनाए। विवाह भए पनि उनले हेलेनलाई यस्तो ठाउँ दिए जसका कारण हेलेनको जीवन परिवर्तन भयो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.