|

एजेन्सी : अमेरिका तथा युरोपमा तहसनहस हुनेगरी महामारी फैलिइसकेपछि मोडर्ना खोप कम्पनीले खोपको मूल्यबारे पहिलो पटक जानकारी दिएको छ। 

यसको एक खोप मूल्य २५ देखि ३७ डलर पर्ने निर्माण कम्पनीले बताएको छ। अमेरिकी भ्याक्सिन निर्माता कम्पनी ‘मोडर्ना’ले तयार गरेको भ्याक्सिन ९५ प्रतिशतसम्म प्रभावकारी भएको पाइएको दाबी गरिएको छ।

भ्याक्सिनको परीक्षण अमेरिकामा गरिएको थियो, जसमा ३० हजार मानिसहरु सहभागी थिए। जसमध्ये पनि आधालाई एक महिनाको फरकमा दुई डोज खोप दिइएको थियो। बाँकीलाई नमुना खोप दिइएको थियो।

भ्याक्सिन परीक्षण गरिएका पहिलो ९५ जनाको नतिजाका आधारमा यो विश्लेषण तयार पारिएको हो। जसमा पाँच जनामा मात्रै कोभिड–१९ संक्रमण देखिएको थियो भने ९० जनालाई नमुना भ्याक्सिन दिइएको थियो। कम्पनीका अनुसार भ्याक्सिनले ९४ दशमलव ५ प्रतिशत सुरक्षा प्रदान गरेको देखिएको छ।

तर यसको मूल्य मागमा भर पर्ने कम्पनीका प्रमुख कार्यकारी स्टिफिन बेन्सेलले जानकारी दिए। 

१६ नोभेम्बरमा एक युरोपियन आयोगका अधिकारीले भनेका थिए – हामीले लाखौं मोडर्ना डोज खोपका लागि कम्पनीसँग सम्झौता गरेका छौं।’ तर बेन्सिलले यससम्बन्धी कुनै सम्झौता भने नभएको बताएका छन्। साथै उनले यो खोपको तयारी भने अहिलेको आवश्यकता भएको बताएका छन्। 

उनले भनेका छन् – हामी यो खोप पूरै युरोपमा पठाउन चाहन्छौं, यसका लागि छलफल चलिरहेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.