|

काठमाडौं :  नेपाल चाइना मिडिया फोरमले एक हप्ता चीनको कला,संस्कृति,भाषाबारे फोटो प्रदर्शन गरेको छ। चीनमा भने नेपालको कला,जातजाति विशेष फोटो प्रदर्शन भइरहेको छ।

यतिखेर नयाँ बानेश्वरस्थित दि एभरेस्ट होटलमा चीनका विभिन्न संस्कृति झल्किने फोटोले होटल नै सजिएको छ। नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवसरमा ‘अचम्मको युन्नान–सांग्रिला फोटो प्रदर्शनी’ कार्यक्रमको आयोजना गरेको नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठ बताए।

उनले भने,‘चीन र नेपालको कला,कौशल,संस्कृति,प्राकृतिक सौन्दर्यजस्ता कुराहरु कत्तिको मिल्दाजुल्दा छन भनी कार्यक्रम गरिएको हो। कोभिड–१९ का कारण भर्चुअलबाट गरिरहेका छौँ।’ उनका अनुसार साँस्कृतिक र भौगोलिक रुपमा नजिक रहेका नेपाल र चीनको संस्कृति,विकास,जनजीवन,प्राकृतिक सौन्दर्य र पर्यटनसँग सम्बन्धित ३२ वटा फोटोहरु प्रदर्शनीमा राखिएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.