|

अष्ट्रेलियाका पूर्वकप्तान ग्रेगरी चपेलले टिम इण्डियाको अष्ट्रेलिया भ्रमण क्रममा खेल्ने टेस्ट सिरिजमा कप्तान विराट कोहलीको अनुपस्थितिले टिमलाई कमजोर हुने बताएका छन्। तीन टेस्ट खेलमा कोहलीको अनुपस्थितिले ब्याटिङ लाइनलाई प्रभाव पार्न सक्ने आकलन गरिएको छ।

कोहली बुबा बन्दै छन्। जसले गर्दा उनी बिदामा बस्नेछन्। पहिलो टेस्ट म्याच १७  डिसेम्बरदेखि एडिलेडमा हुँदैछ। भारतले अष्ट्रेलिया भ्रमणमा तीन एकदिवसीय, तीन टी -२० खेलका साथसाथ चार टेस्ट खेलहरू खेल्दैछ।

चपेलले क्रिक इन्फोलाई भने, 'कोहलीले नखेल्दा युवा खेलाडीले आफूलाई प्रमाणित गर्ने मौका पाउँनेछन्। यद्यपि चयनकर्ताहरूले कोहलीको ठाउँमा नयाँ खेलाडी चयन गर्नु चुनौतीपूर्ण हुनेछ।'

'कोहलीको बिदामा जाने निर्णय सही'

अस्ट्रेलियाका अलराउण्डर मार्कस स्टोइनिसले कोहलीको तीन टेस्टमा अनुपस्थितिले धेरै फरक नपार्ने बताए। 'उनी आफ्नो पहिलो बच्चाको पर्खाइमा छन्। उनी टेष्ट म्याचमा बिदा बस्नु पूर्णतया सही निर्णय हो। मलाई लाग्छ यो निर्णयले उनको जीवन र खेलमा सकारात्मक परिवर्तन ल्याउँछ', स्टोइनिसले भने।

'कोहली मैदानमा रमाइला'

अष्ट्रेलियाका लेग स्पिनर एडम जम्पाले कोहली ब्याटिङका बेला आक्रामक देखिए पनि मैदानमा उनको व्यवहारविपरीत रहेको बताएका छन्। खेलका क्रममा कोहली खुबै 'एग्रेसिभ' देखिन्छन्। 'उनी एकदम शान्त छन्। साथी खेलाडीसँग रमाइलो गर्छन् र उनीहरूसँग अन्तर्क्रिया गर्छन्', उनले भने।

जाम्पा आइपिएलमा रोयल चुनौती बैंगलोरबाट खेल्छन्। जाम्पा आफू पनि कोहलीजस्तै शाकाहारी हुन्। ​जाम्पा अष्ट्रेलियाको एकदिवसीय र टि–२० टोलीमा समावेश छन्। जाम्पाले भने, 'कोहलीविरुद्ध बलिङ गर्नु धेरै चुनौतीपूर्ण छ। उनी एक राम्रा खेलाडी हुन्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.