|

हास्य कलाकार भारती सिंहलाई शनिबार नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले ड्रग्स प्रकरणमा पक्राउ गरेको छ।

एनसीबीले शनिबार भारतीको घरमा छापा मारेको थियो र गाँजा बरामद गरेको थियो। भारतीलाई पक्राउ गरेपछि हास्य कलाकार राजु श्रीवास्तवले प्रतिक्रिया दिएका छन्। एक अन्तर्वार्तामा उनले कलाकारहरू किन यस्तो गतिविधि गरिरहेका छन् आफू आश्चर्यमा परेको बताए।

श्रीवास्तवले भने, 'म यस कुरामा विश्वस्त छैन। मेरो लागि धेरै आश्चर्य लाग्ने विषय हो। बलिउड के भइरहेको छ?'

भारतीको विषयमा कसैले फसाउन ड्रग्समा नाम मुछेको हुन सक्ने आफ्नो आकलन फेल भएको उनले बताए।  'अब स्वयं भारतीले आफूले गाँजा सेवन गरेको स्विकार गरेपछि आफू आश्चर्यमा परेको छु', उनले भने।

कमेडी नशाबिना हुन सक्दैन?

राजूले ड्रगबिना, हास्य हुन नसक्ने हो र भनेर प्रश्न गरेका छन्। 'मैले भारतीसँग धेरै काम गरें। म उसको बिहेमा गएको थिएँ। नाचेको पनि थिएँ। त्यहाँ नाचगान पनि चलेको थियो। कमेडी भइरहेको थियो। मैले त्यहाँ याद नगरेको कुरा के भने कसरी यी व्यक्तिहरू यति धेरै हाँसिरहेका छन्। बल्ल आफूलाई महसुस भइरहेको छ त्यस्ता गतिविधिहरू किन र के कारणले हुँदोरहेछ।'

हामी सबैले भारतीलाई यति धेरै सम्मान गर्ने पनि उनले बताए। 'बच्चाहरूले भारतीलाई आफ्नो आइडल मान्दछन्। भारती बन्न चाहन्छन्। भारती सिंहको अनुकरण गर्दै यस उद्योगमा आउँदैछन्।

तर भारतीलाई  किन ड्रग्सको आवश्यकता परेको हो?' उनले प्रश्न गरे। सबै मानिस  ड्रग लिने हुँदैनन्। सबै व्यक्ति यसमा संलग्न छैनन्।तर ड्रग्समा हरेक दिन कसैको नाम बलिउडबाट आउँदैछ।

टिभी कलाकारहरूको नाम आउँदै गरेकोमा आफू दुखी भएको उनले बताए। 'म धेरै दुखी छु। हाम्रा साथी कलाकारहरू त्यस्ता गतिविधिहरू गरिरहेका छन् तर  मलाई थाहा थिएन। उनीहरू फोहोरी खेल खेल्दैछन्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.