|

भक्तपुर : कोरोना संक्रमणका कारण भक्तपुरमा मृत्यु हुनेको संख्या एक सयनजिक पुगेको छ। जिल्लामा आइतबारसम्म ३४ महिलासहित ९८ जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार भक्तपुर नगरपालिकामा सबैभन्दा बढी मृत्यु भएको छ। यहाँ २६ पुरुष र १५ महिला गरी ४१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए। त्यसैगरी मध्यपुर थिमि नगरपालिकामा २३ पुरुष र १० महिलागरी कुल ३३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

सूर्यविनायक नगरपालिकामा ११ पुरुष र ८ महिलागरी १९ र चाँगुनारायण नगरपालिकामा ४ पुरुष र एक महिला गरी ५ जनाको मृत्यु भएको मिजारले बताए।

यसैगरी भक्तपुरमा कोरोना संक्रमणबाट मुक्त हुने ८३ प्रतिशत पुगेको छ। जिल्लामा आइतवारसम्म ४ हजार ३२० पुरुष र ३ हजार २८७ महिला गरी ७ हजार ६०७ जनालाई कोरोना संक्रमण भइसकेको छ। त्यसमध्ये ३ हजार ५५७ पुरुष र २ हजार ७५५ महिलासहित ६ हजार ३१२ जना संक्रमण मुक्त भएका छन। जुन ८२ दशमलव ९८ प्रतिशत हो।

भक्तपुरमा हाल ६९९ पुरुष र ४९८ महिलासहित १ हजार १९७ सक्रिय संक्रमित छन। ती मध्ये ५९ पुरुष र ३७ महिलासहित जम्मा ९६ जना अस्पताल वा संस्थागत आइसोलेसनमा उपचाररत छन भने ६४० पुरुष र ४६१ महिला होम आइसोलेसनमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.