|

गुल्मी : गत  हप्ता गुल्मीका दुई व्‍यक्तित्वको निधन भयो। उनीहरूलाई जिल्लावासीहरूले विकासप्रेमी र सरल व्‍यक्तिका रूपमा सम्झन्छन्।

मंसिर ३ गते निधन भएका मदाने गाउँपालिका १ का ८७ वर्षीय बैकुण्ठबहादुर चन्द जिल्लाको विकासका निम्ति अहोरात्र खटिने व्‍यक्ति थिए।  तानसेन तम्घास सडकका सूत्रधार एवं तत्कालीन जिल्ला पन्चायतका सभापति  बैकुण्ठबहादुर चन्द अहिले सम्झनामा मात्र रहेको जिल्लावासी बताउँछन्।

यस्तै, मंसिर १ गते निधन भएका धुर्कोट गाउँपालिका नयाँगाउँका  ५४ वर्षीय बोमबहादुर खड्का  जिल्लाको विकासका निम्ति  खटिने  बौद्धिक र सरल  नेता रहेको बताउँछन् नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सचिब वीरबहादुर कार्की। उनीहरू  दुवै जनालाई गुमाउनुपर्दा जिल्लालाई  क्षति पुगेको कार्की बताउँछन्।

यता, नेपाली कांग्रेस गुल्मीका सचिब खिलध्वज पन्थीले जिल्लाका दुई अभिभाबक गुमाउनुपर्दा दुःख लागेको बताए। खडका सरल जीवनशैली, परिवर्तनका लागि लड्ने नेता र जिल्लामा राजनीतिक दलहररूबीच उत्पन्न विवादको गाँठो फुकाउने र समन्वयकारी भूमिका निर्वाहा गर्ने व्‍यक्तित्व रहेको ,चन्द तानसेन तम्घास सडकका माध्यमबाट गुल्मेलीहरुलाई नुन खुवाउने व्‍यक्तित्व भएको पन्थीले बताए।

चन्दले २०३९ सालमा तानसेन ,तम्घास सडकको निर्माण गर्ने क्रममा पाल्पालीहरुले तपाईंलाई तानसेनमै घर दिन्छौँ  सडक बिस्तार नर्गनुहोस भनेर प्रलोभन देखाउँदासमेत प्रलोभनमा नफसेको पन्थीले बताए।

चन्द र खड्काले जिल्लामा गरेका अनुकरणीय कार्यहरुबाट अन्य व्‍यक्तित्व र राजनीतिक दलहरुले पनि सिक्नुपर्ने नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले बताए।

चन्द २०२५ सालदेखि ३८ सालसम्म जिल्ला पन्चायतको सभापति , २०३८ सालदेखि २०४६ साल सम्म राष्ट्रिय पन्चायतको सदस्य रहे।  खड्का २०४१ सालभन्दा अगाडी नै रेसुङ्गा बहुमुखी क्याम्पसमा नेकपा माले निकट विद्यार्थीहरुको संगठनमा आवद्ध भई संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए।

०४१ सालमा नेकपा मालेको जिल्ला कमिटी सदस्य भए। २०४९ सालमा मालेकै जिल्ला कमिटी उपसचिव भए। त्यसपछि नेकपा एमाले भइसकेपछि संगठन विभाग प्रमुख हुँदै एमालेकै जिल्ला अध्यक्ष भए। हाल आएर खड्का  नेकपा लुम्बिनी प्रदेश सचिवालय सदस्य थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.