'दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रधानमन्त्रीको भाषण सस्तो लोकप्रियता मात्रै'

|

धनगढी : नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले पार्टी कुनै हालतमा नफुट्ने बताएका छन्। आइतबार सुदूरपश्चिम प्रदेश पार्टी कार्यालय धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले भने, ‘नेकपा माटोको हाँडी हैन, कुनै व्यक्तिले लठ्ठीले हानेर आजका मितिबाट फुट्यो भन्ने बिक्तिकै फुट्ने। यो कुनै कमजोर आधारमा बनेको पार्टी पनि हैन।'

आठ लाख कार्यकर्ता भएको विशाल पार्टी नेकपा भएको र कसैले बोल्दैमा पार्टी फुट्ने भन्ने नुहनेमा उनले जिकिर गरे। नेता रावलले पार्टी फुटाएर कसैलाई फाइदा नहुने पनि बताए।

‘केपी ओलीले पार्टी फुटाएर प्रधानमन्त्रीभन्दा ठूलो पद के पाउनु हुन्छ? उनले प्रश्न गर्दै भने अर्का कार्यकारी अध्यक्ष प्रचण्डले योभन्दा ठूलो कुन पार्टीको नेतृत्व गर्नु हुन्छ ? त्यसैले पार्टी फुट्ने भन्ने हल्ला मात्रै हो, पार्टी कुनै हालतमा फुट्दैन्।’

धानमन्त्री ओलीले सस्तो लोकप्रियताको लागि दोस्रो पुस्ता र युवालाई नेतृत्व दिनुपर्ने भाषण गर्दै हिँडेका पनि नेता रावलले बताए। ‘बाहिर बाहिर बोलेर हुँदै न। बैठकमा प्रस्ताव ल्याउन सक्नुपर्छ,' उनले थपे, 'पार्टीले निणर्य पारित गर्छ, सोही आधारमा क–कसले बिदा लिनुपर्ने हो त्यही दिन लिउँला।’ 

अहिले पार्टीभित्रको विवाद पद र भागबण्डका लागि नभएको नेता रावलले बताए। पार्टीका अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदका लागि लडाइँ नगरेको पनि उनको दाबी थियो।

‘२०७६ साल मंसिर ४ गते सचिवालय बैठकमा सरकार सञ्चालन पूरा अवधि केपी ओलीले गर्ने र पार्टीको कार्यकारी अधिकार प्रचण्डले गर्ने भन्ने सहमति भएको रहेछ, उहिले सहमति भएको कुरा अहिले आएर प्रचण्डले पदको लडाइँ गरे भन्ने कुरा सुहाउँदैन,’ रावलले भने।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.