|

धादिङ : धादिङको गजुरी गाउँपालिका–५ मा पर्ने पृथ्वीराजमार्ग गलौँदीमा आइतबार बिहान कार र टिपर आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ। तीन जना घाइते भएका छन्। 

दाङबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ज २३५६ नम्बरको कार र काठमाडाैंबाट गजुरी आइरहेको बा४ख ८१४३ नम्बरको टिपर ठोकिँदा कारमा सवार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ का २४ वर्षीय दिपेश केसीको ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीका  कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए। 

खड्काका अनुसार दुर्घटनामा परेर दाङको शान्तिनगर नगरपालिका –९ का ३८ वर्षीया वर्षा केसी र काठमाडौँ कलंकी निवासी सुधीर सुवेदी घाइते भएका छन्। घाइतेलाई गजुरी अस्पतालमा सामान्य उपचारपछि काठमाडौं ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.