|

झापा : परपुरुषसँग लागेको भनी एक जनाले खुकुरी प्रहार गरी श्रीमतीको बीभत्स हत्या गरेका छन्।

झापाको दमक नगरपालिका–१ मामाचौक बस्ने ४७ वर्षीय चुडामणि भण्डारीले ३७ वर्षीया टीकामायाको ज्यान लिएका झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

प्रहरीका अनुसार भर्खरै वैदेशिक रोजगारीबाट फर्किएका भण्डारीले आज(आइतबार) अपराह्न कमल गाउँपालिकका–६ जीवनचोकमा रहेको आफ्नै जमिनमा खेती गर्न गएका बेला हत्या गरेका हुन्।

उनले प्रहार गरेको खुकुरीबाट स्थानीय प्रकाशचन्द्र दाहालसमेत घाइते भएका प्रहरीले जनाएको छ। दाहाल उनकै श्रीमतीसँग गएका थिए। यता घटना भएलगत्तै इलाका प्रहरी कार्यालय दमकको टोली घटनास्थल पुगेर भण्डारीलाई पक्राउ गरेको छ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए। आरोपी भण्डारीले आफू विदेशमा रहेको बेला कमाएर पठाएको रकम श्रीमतीले हिनामिना गरी परपुरुषसँग लागेको आशंकामा हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.