|

काठमाडाैं : पर्सा झडपमा मृत्यु भएका मुकेश चौरसिया घटनाका मुख्य प्रतिवादी फरार अखिलेश चाैरसियालाई प्रहरीले पक्राउ गरेको छ।

पर्सा  विन्दवासिनी ​गाउँपालिका–३ इटियाहीका चाैरसिया घटनापश्चात फरार थिए। लुकिछिपी बसिरहेको भन्ने सूचनाका आधारमा उनलाई समातिएको पर्सा प्रहरीले जनाएको छ। आइतबार वीरगन्ज महानगरपालिका–२५ अलाै सिर्सियाबाट उनी पक्राउ परेका हुन्। 

उनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ। 

गत कार्तिक ६ गते विन्दवासिनी गाउँपालिका–५ प्रसौनी गाँउस्थित सेलर मिलको भवनमा नेकपा विन्दवासीनी गाउँपालिका कमिटीले गरेको शपथ ग्रहण कार्यक्रम स्थलबाहिर नेकपाका दुई पक्षबीचबीच झडप हुँदा मुकेश चाैरसिया घाइते भएका थिए। 

बाँसको भाटा हानहान भएको उक्त घटनाका घाइते चाैरसियाको उपचार क्रममा न्युरो अस्पताल वीरगन्जमा उनको मृत्यु भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.