|

उदयपुर : उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीस्थित कोलोहोङ झरना प्रचार–प्रसार नहुँदा ओझेलमा परेको छ।

बेलका नगरपालिका ७ मैनामैनीको सुर्यचोकबाट करिब आधा घण्टाको पैदल यात्रापछि कोलोहोङ झरना पुगिन्छ। अर्को बाटो केशी पुल (चत्तहरा पुल) बाट बोटिङ गरेर पनि पुग्न सकिन्छ। यो झरनामा पुग्दा बेग्लै आनन्दको अनुभूति हुने गरेको स्थानीय शिक्षक हुकुम राईले जानकारी दिए।

पर्यटक पुर्‍याउनै समस्या

नगरपालिकाको कार्यालयबाट करिब १५ किलोमिटर टाढा पर्ने यो झरना निकै आकर्षक र मनमोहक रहेको झरना हेर्न गएका आन्तरिक पर्यटक राजकुमार राईले बताए।

झरना निकै आकर्षित र ठूलो भए तापनि प्रचार–प्रसार र मुख्य गरी सडक पुर्‍याउन नसक्दा पर्यटक पुग्न नसकेको बेलका नगरपालिका-७ मैनामैनीका वडाध्यक्ष सुरेन्द्र राईले बताए। वडाध्यक्ष राईले भने, ‘कोलोहोङ झरनासम्म पुग्ने सडक निर्माणका लागि प्रदेश सरकारकाट ४० लाख रुपैयाँ बजेट समेत विनियोजन भैसकेको छ, अब केही महिनाभित्र पुर्‍याइसक्ने योजनामा छौं।’ झरनाको वरिपरि होमस्टे र रिर्सोट बनाउन लागिएको पनि वडाध्यक्ष राईले बताए।

१६९ फिट अग्लो झरना

कोलोहोङ झरनाको उचाइ १६९ फिट अग्लो रहेको वडाध्यक्ष राईले बताए। चतरा पुलबाट बोटिङ गरेर झरना जाने गेटमा झरेर ३० मिनेट सिंढी चडेर पुग्न सकिन्छ।

उक्त सिंढी निमार्णका लागि प्रदेश सरकारबाट ४० लाख रुपैयाँ बजेट परेको र प्रचार–प्रसार गर्नका लागि नगरपालिकामा समेत माग राखिएको राईले जानकारी दिए।

क्यानोनिङ गर्न शुरू

कोलोहोङ झरनामा क्यानोनिङ गर्न शुरू भएको वडाध्यक्ष राईले बताए। क्यानोनिङको अध्ययन पुरा भएको र प्रदेश एककै क्यानोनिङको लागि उत्कृष्ट समेत रहेको उनी बताउँछन्‌।

​प्राविधिक टोली काठमाडौंबाट आएर क्यानोनिङको लागि सबै काम पूरा गरेर गएको र विदेशी पर्यटकहरू मनोरञ्जनका लागि धेरै भन्दा धेरै भित्र्याएर वडावासी जनताको आर्थिक स्रोतका रुपमा झरनालाई भरपूर सदुपयोग गरिने वडाध्यक्ष राईले बताए। 

झरना निकै आकर्षक भएकाले यसको प्रचारप्रसार गरी पूर्वाधार निर्माण गर्नेतर्फ स्थानीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने स्थानीय अगुवाहरूको भनाइ छ। बेलका नगरपालिकाका युवा भरत घिमिरेले पर्यटकीय क्षेत्रको विकासको लागि कोलोहोङ झरना एक कोशेढुंगा सावित हुने बताए।

नगरपालिकाका मेयर दुर्गा कुमार थापाले झरनासम्म पर्यटकको चहलपहल बढाउन र आवश्यक प्रचारप्रसार थालिने बताए।  झरनाको पूर्वाधार निर्माणको कार्य समेत भइरहेको समेत उनले बताए।

जिल्लाको पर्यटन गन्तव्यमध्ये बेलका नगरपालिका पनि महत्वपुर्ण रहेको र कोलोहोङ झरनासम्म पर्यटकहरू नगरपालिकाले पुर्‍याउने वातावरण बनाउने मेयर थापाले  बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.