|

पर्सा : तीन दिन लगातार संक्रमित फेला नपरेको वीरगञ्जस्थित नारायणी अस्पतालको स्वास्थ्य प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा एकै पटक १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

संक्रमितहरु पर्सा, बारा र रौतहटका भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिए।    पछिल्लो पटक ९६ जनाको स्वाब परीक्षण गर्दा १७ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रवक्ता डा. चौरसियाले बताए। संक्रमितमध्ये नेपाली सेनाको वीरगञ्जस्थित चण्डी प्रसाद गणका दुई सुरक्षाकर्मी, पर्साका १२, बाराका चार र रौतहटका एकजना छन्।

नयाँ थपिएका संक्रमितहरुमा ११ पुरुष र ६ जना महिला छन्। उनीहरु १५ देखि ७० वर्ष सम्मका रहको डा. चौरसियाले बताए। सिटी भ्यालु पनि उनीहरुको १९ देखि ३४ सम्म रहेको पनि नारायणी अस्पतालले जनाएको छ।

मंसिर ३ गते भने पर्साका १२ र बाराका २ गरी १४ जनामा मात्र संक्रमण पुष्टि भएको थियो। त्यस यता मंसिर ४, ५ र ६ गते कुनै संक्रमित फेला परेको थिएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.