|

काठमाडौं :  प्रतिबन्धित सालकको खपटासहित  प्रहरीले २ जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं जिल्ला चाबहिल एरियाबाट आइतबार उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेका काभ्रेका बिनोद तामाङ र लालसिंह तामाङ रहेको महाशाखा प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए। उनीहरूको साथबाट सालकको खपटा १के.जि.२५ग्राम र २ वटा मोवाइल बरामद गरिएको छ।   

'अवैध रूपमा प्रतिबन्धित सालकको खपटा बिक्री वितरण गर्नको लागि लुकाएर ल्याएको सूचना पाएपछि हामीले पक्राउ गरेका हौं', उनले भने', हामीले आवश्यक कारबाहीको लागी जिल्ला वन कार्यालय काठमाण्डौ पठाएका छौं।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.