|

बैतडी :  ग्रामिण सडकमा सञ्चालनमा रहेका जीप व्यवसायीले मनोमानी भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन्। जिल्लाका ग्रामिण कच्ची सडकमा सञ्चालित जीप व्यवसायीले मनोमानी भाडा असुल्न थालेका हुन्। मनोमानी भाडा असुल्न थालेपछि यात्रुहरु मारमा परेका छन्। 

जिल्लाको सतबाँझदेखि सन्सेरीमाडौंसम्म १४ किलोमिटरको भाडा ३ सय देखि ४ सय रुपैंया असुल्ने गरेका सुर्नया गाउँपालिका ४ का प्रेम प्रकाश भट्टले बताए। 'यसअघि १५० रुपैयाँ भाडा भएपनि हाल ४ सय रुपैयाँसम्म लिने गरेका छन्,' उनले भने, ‘मनोमानी रूपमा भाडा असुरी गरिरहेका भएपनि सम्वन्धित निकाय भने मौन बसेको छ।’

महाकाली बहुउद्देश्यीय यातायात प्रालिका दुर्घटना इञ्चार्ज कर्णबहादुर पाण्डेय काजीले भने उक्त सडकमा जीप सञ्चालन गर्न रुट परमिट नै नभएको बताए। उक्त सडकखण्डमा सवारी सञ्चालन गर्नु जोखिमपूर्ण रहेको उनको भनाई छ। 

ग्रामिण कच्ची सडकमा चर्को रूपमा भाडा असुलीबारे अनुगमन गरिने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले बताए। उनले भने, ‘संयुक्त रूपमा अनुगमन गर्ने र तोकिएको भन्दा बढी भाडा असुलेको पाइएमा कारबाही हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.