|

कपिलवस्तु : कपिलवस्तुको चुरे वन क्षेत्रमा अवस्थित रहेको छ ‘राम लक्ष्मण ताल’। बुद्धभूमि नगरपालिकाको-३ रनगाइमा रहेको उक्त ताल आन्तरिक पर्यटनको दृष्टिकोणले निकै महत्त्वपूर्ण छ। उत्तरतर्फ वन क्षेत्र र चुरे पहाडको हरियालीसँगै रहेको ताल निकै मनमोहक देखिन्छ। तालको बीचमा राम लक्ष्मणको मन्दिरसमेत छ।

तराई क्षेत्रमा पिकनिक खान, रमाइलो मनाउन, सेल्फी फोटो खिच्नको लागि नयाँ गन्तव्य खोज्नेका लागि खोज्नेका लागि नयाँ गन्तव्यमध्ये राम लक्ष्मण ताल एक हो।

बुद्धभूमि नगरपालिकाको-४  हनुमानको मूर्ति रहेको चोकबाट उत्तरतर्फ ८ किमि यात्रा गरेपछि राम ताल पुग्न सकिन्छ। केही कालो पत्रे सडक र केही ग्राभेल सडकबाट सजिलै तालसम्म पुग्न सकिन्छ।

तालको छेउछाउमा वनभोज खानका लागी ट्रस्ट निर्माण गरिएको छ। खाना पकाउनका लागि आवश्यक भाडासमेत उपलब्ध रहेको छ। वडाको पहलमा सौन्दर्यीकरण गर्न योजना रहेको वडा अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताए।

तालको विकासको लागि लुम्बिनी प्रदेशबाट १० लाख रकम विनियोजन भएको छ। उक्त रकमले डुङ्गा खरिद गर्ने र फूलबारीको विकास गर्ने लक्ष्य राखेको तालको स्वामित्व रहेको राम लक्ष्मण सामुदायिक वनका कोषाध्यक्ष जयराम थारूले बताए। सरकारको थप सहयोग भएमा सौन्दर्यीकरण गरी पर्यटनको विकास हुन सक्ने देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.