|

महोत्तरी : धनुषाको मिथिला नगरपालिका–११ तुलसीस्थित सुन्दरी खोलामा निर्माण हुन लागेको पुलमा चलखेल भएको भन्दै स्थानीयले नेकपा नेता तथा पूर्वमन्त्री रघुवीर महासेठविरुद्ध  कालो झण्डा देखाएका छन्। 

उनीहरुले 'महासेठ मुर्दावाद'को नारासमेत लगाएका छन्। उनीहरुले 'बहुसंख्यक जनताले उपयोग गर्ने ठाउँमा पुल निर्माण गर', 'राष्ट्रिय सम्पतिको दुरुपयोग गर्न पाइँदैन', 'भोटको राजनीति गर्न पाइँदैन', 'जथाभावी पुलको शिलान्यास बन्द गर'जस्ता नारा लगाएका छन्। 

२० घरधुरी मात्र भएको ठाउँमा योजना ल्याएको भन्दै स्थानीयले उनीविरुद्ध प्रदर्शन गरेका हुन्। पैसा र पावरको बलमा हुनुपर्ने ठाउँमा योजना नदिएको स्थानीयको आरोप छ।

भिडियो : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.