|

अर्घाखाँची : रुपन्देहीको भलवारीमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। 

सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा सडक खण्डअन्तर्गत तिलोत्तमा नगरपालिका–७ भलावारीमा दुर्घटना भएको हो। दुर्घटनामा रूपन्देही तिलोत्तमा नगरपालिका–१५ का २७ वर्षीय विकास चौधरी र २० वर्षीय हरि गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्क प्रसाद खत्रीले जानकारी दिए।

घाइते उनीहरूलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। बुटवलबाट भैरहवा जाँदै गरेको लु२४प ७५०६ नम्बरको मोटरसाइकल भलवारी नजिकै पुग्दा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.