|

काठमाडौं : चितवनमा हिजो बेलुकी ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। 

पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका–६ हर्दीमा ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानिय २२ वर्षीय सचिन दनै र ३० वर्षीय नवराज दनै रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

बुलेटको ठक्करले गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि भरतपुरतर्फ लगिँदै गर्दा बाटोमै मृत्यु भएको हो। प्रहरीकाअनुसार प्रदेश ३–०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई भारतीय नम्बरको ग्यास बुलेटले ठक्कर दिएको थियो। 

ग्यास बुलेटलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। घटनापछि स्थानीयवासीले सडक अवरुद्ध गरेका थिए। स्थानीयवासी र प्रहरीबीच सडकमा पटक पटक झडप समेत भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.