|

काठमाडौं :  इंग्लिस प्रिमियर लीग फूटबलमा बर्नलीले पहिलो जित निकालेको छ।

 गएराति बर्नलीले क्रिष्टल प्यालेसलाई १–० गोलले पराजित गरेको हो। घरेलु मैदानमा बर्नलीलाई जित दिलाउन क्रिस उडले गरेको गोल नै निर्णायक रह्यो।

उडले खेलको आठौं मिनेटमै गोल गरेका थिए। जारी प्रतियोगितामा पहिलो खेल जितसँगै बर्नली रेलिगेशन जोनबाट एक स्थान माथि उक्लिएको छ। बर्नलीले ८ खेलबाट ५ अंक जोड्दा पराजति भएको क्रिष्टल ९ खेलबाट १३ अंक जोडेर एघारौं स्थानमा छ।

लीग अन्तर्गत गएराति भएको अर्को खेलमा साउथह्याम्टन र उल्भ्स १–१ गोलको बराबरीमा रोकिएका छन्। ५८ औं मिनेटमा थियो वालकटको गोलसँगै साउथह्याम्टनले अग्रता बनाएपनि उल्भ्सका पेड्रो निटोले ७५औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.