|

दाङ : जिल्ला प्रशासन कार्यालय दाङले दाङमा नदीजन्य पदार्थ उत्खनन् तथा संकलनमा रोक लगाएको छ। कार्यालयले सर्वाजनिक सूचना जारी गर्दै दाङका कुनै पनि नदी तथा खानीबाट नदीजन्य पदार्थ उत्खनन् तथा संकलन गर्न रोक लगाएको जनाएको छ।

गृह मन्त्रालयले गत कात्तिक २८ गते गरेको परिपत्रअनुसार नदीजन्य पदार्थ उत्खनन् तथा संकलन गर्न रोक लगाइएको कार्यालयका प्रशासकीय अधिकृत अम्मरराज आचार्यले जानकारी दिए। अर्को निर्णय नहुँदासम्म नदी तथा खानीबाट हुने ढुङगा, गिट्टी, बालुवा उत्खनन् तथा संकलन गर्न नपाइने उनले बताए।

हालसम्म संकलन गरेर राखिएका नदीजन्य पदार्थ पनि एक महिना भित्र बिक्री वितरण गरी सक्न भनिएको छ। जिल्लामा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगहरुको अनुगमन तथा नापजाँच भइरहेकाले आइतबारदेखि देखी लागु हुने गरी अर्को सूचना जारी नभएसम्म नदीजन्य पदार्थ उत्खनन् र संकलन कार्यमा रोक लगाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.