|

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प राष्ट्रपति निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरणका लागि तयार भएका छन्।

उनले त्यसका निम्ति जिम्मेवार सङ्घीय निकाय जनरल सर्भिसेस् एड्मिनिस्ट्रेशन (जिएसए) लाई गर्नुपर्ने आवश्यक काम गर्न सिफारिस गरेको बताए। तर चुनावको परिणामविरुद्ध आफ्नो कानुनी लडाइँ भने जारी रहने ट्रम्पको भनाइ छ। 

जिएसएले पनि बाइडेनलाई स्पष्ट विजेताका रूपमा आफूले स्वीकार गरेको जनाएको छ। जनवरी २० मा सपथ लिइपछि बाइडेनले औपचारिक रुपमा राष्ट्रपति पदको कार्यभार सम्हाने छन्। त्यसअघि नै उनले सरकारमा प्रमुख भूमिका दिने चाहेका व्यक्तिहरूको नाम चयन गर्न सुरु गरेका छन्। पूर्वविदेशमन्त्री जोन केरीले जलवायुसम्बन्धी विशेष दूतको भूमिका निर्वाह गर्नेछन्।

चार वर्षअघि अमेरिकाको तर्फबाट उनले नै पेरिस सम्झौतामा हस्ताक्षर गरेका थिए।  तर ट्रम्प उक्त सम्झौताबाट पछि हटेका थिए। यसअघि सशक्त रूपमा अन्तर्राष्ट्रियवादमा विश्वास गर्ने एन्टोनी ब्लिङ्केनको नाम विदेशमन्त्रीको रूपमा प्रस्तुत गरिसकिएको छ। 

आफ्नो टिम केही सदस्यको नाम घोषणा गर्दै बाइडेनलाई आफूलाई पहिलो दिन देखि नै समृद्ध अमेरिकाका लागि काम गर्ने सशक्त टिम आवश्यक रहेको बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.