|

पर्सा : कोरोना भाइरस संक्रमितको उपचारका लागि कोकाकोलाले नेपाल रेडक्रस सोसाइटी पर्सालाई उपलब्ध गराएको भेन्टिलेटरसहितको स्वास्थ्य सामग्री नारायणी अस्पताललाई हस्तान्तरण गरिएको छ। प्रदेश २ को नारायणी अस्पताललाई सामग्री सोमबार हस्तान्तरण गरिएको हो। 

स्वास्थ्यकर्मीदेखि आम सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी नारायणी अस्पताल वीरगञ्जलाई स्वास्थ्य सुरक्षा सामग्री तथा उपकरण हस्तान्तरण गरिएको रेडक्रस पर्साका सभापति वीरेन्द्रराज कँडेलले बताए। 

सामग्रीहरुमा १६ लाख ३२ हजार ८५० रुपैयाँ बराबरको एउटा भेन्टिलेटर, ६ हजार सर्जिकल मास्क, २ हजार ५०० जोडा सर्जिकल पन्जा, ५० थान सुरक्षा पोसाक, केएन ९५ मास्क २०० थान र  ५० थान सुरक्षा चश्मा छ। ती सामग्रीहरुको कुल मूल्य १८ लाख ५८ हजार १०० रुपैयाँ पर्ने रेडक्रस पर्साले जनाएको छ।

सामग्रीहरु प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले नारायणी अस्पताल विकास समिति अध्यक्ष पुरेन्द्र किशोर लाभ मार्फत नारायणी अस्पताललाई हस्तान्तरण गरिन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.