|

महोत्तरी : बर्दिवास नगरपालिका-१४ की ६ वर्षीया गुलाव शाह खातुनको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयवासीले आगो लगाइदिएका छन्‌।

​शुभम् बस्तीबाट हराइरहेकी ६ वर्षीया बालिका खातुनको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिका-५ का २५ वर्षीय अरुण कुमार साहलाई पक्राउ गरिसकेको छ। पक्राउ परेका साहले बालिकाको हत्या गरेको स्वीकारेका छन्‌। 

शुभम बस्तीबाट बेपत्ता भएकी बालिका खातुनको शव भेटियो

प्रहरीका अनुसार खातुनको शव सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चिमपट्टी पर्ने विनोद साहको खाली जग्गामा भेटिएको थियो। 


हत्या गरिएको ६ वर्षीया गुलाव शाह खातुनको तस्वीर ।

स्थानीय शहीद आलमकी छोरी खातुन आइतबार साँझदेखि बस्तीबाटै हराएकी थिइन्‌। हत्या गरेर बोरामा राखी झाडीमा फालेको अवस्थामा सोमबार मध्यरातमा  शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले बताए।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.