दुईजनालाई हेलिकोप्टरबाट काठमाडौं लगिँदै

|

महोत्तरी : बर्दिवास नगरपालिका-१४ मा ६ वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या प्रकरणपछि प्रदर्शनमा उत्रिएका स्थानीयबासीमाथि प्रहरीले गोली चलाएको छ।

बर्दिवास नगरपालिका-१४ की ६ वर्षीया गुलाब शाह खातुनको हत्याको विरोधमा जारी प्रदर्शनमा गोली चल्दा चारजना घाइते भएका छन्। 

प्रहरीले भीड नियन्त्रणमा लिन गोली चलाएको हो। साधारणतया: भीड नियन्त्रण गर्दा हवाई फायर गर्नुपर्ने हुन्छ। तर प्रहरीले चलाएको गोली केही प्रदर्शनकारीको टाउकोमै लागेको छ। 

गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन्। गोली लागेर स्थानीय ३५ वर्षीय सञ्जय न्यौपाने, श्याम कार्की र अफताब आलम घाइते भएका हुन्।

प्रदर्शनमा उत्रिएका श्याम कार्कीलाई प्रहरीले हानेको ४ राउण्ड गोली लागेको छ। कार्कीको छाती, घाँटी, पाखुरा र हातमा गोली लागेको छ। अन्य घाइतेको शुभ स्वस्तिक हस्पिटलमा उपचार हुँदैछ।

कार्कीको बर्दिबासमा उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ। 

बालिका हत्याको विरोधमा स्थानीयवासीले महोत्तरीको बर्दिबास नगरपालिकास्थित पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। प्रदर्शनमा नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड अश्रु ग्याँस समेत प्रहार गरेको छ।

स्थानीयले शव बोकेर सडकमा प्रदर्शन गरेका छन्। बर्दिवास नगरपालिका-१४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी आइतबार साँझदेखि बेपत्ता भएकी थिइन्। उनको शव सोमबार साँझ घर नजिकै बोरामा पोको पारेको फालेको अवस्थामा फेला परेको थियो।

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.